राप्रपा-रवीन्द्र मिश्र समूहबीच एकीकरण घोषणा भोलि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ आश्विन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ  – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र समूहबीच भोलि एकीकरण घोषणासभा हुने भएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले ‘राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको बृहत् ध्रुवीकरण पक्षधर समूहका बीच भोलि काठमाडौंमा घोषणासभा हुने’ जानकारी दिए ।

उनले राप्रपामा मिश्रको पद के हुने भन्ने खुलाएका छैनन् । “नेपालको राष्ट्रवादी आन्दोलनमा हामी नयाँ खबर सुनाउन आतुर थियौँ, अन्ततः सम्भव हुने भयो,” श्रेष्ठले मंगलबार बिहान फेसबुकमा लेखेका छन्, “राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको बृहत् ध्रुवीकरण पक्षधर समूहका बीच भोलि काठमाडौंमा घोषणासभा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array