नेपाल र बंगलादेशबीचको मौत्रिपूर्ण खेल आज

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ आश्विन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा नेपाल र बंगलादेशबीच आज ​ प्रतिष्पर्धा हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुका साढे ५ बजे सुरु हुनेछ । नेपाल र बंगलादेशबीच विभिन्न प्रतियोगिता र मैत्रीपूर्ण खेलमा गरी २४ पटक प्रतिष्पर्धा भएको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ । ५ खेल बराबरीमा सकिएको छ ।

यस खेलमा अखिल नेपाल फुटबल संघ ९एन्फा०ले भीआईपीका लागि ५ हजार रुपैयाँमा टिकट बेच्ने भएको छ । एन्फाका महासचिव किरण राईका अनुसार बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि ८० वटा टिकटको मूल्य ५ हजार रुपैयाँ तोकिएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array