मनास्लु  हिमपहिरोमा परी एक जनाको मृत्यु, घाइतेको उद्धारमा कठिनाइ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० आश्विन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – गोरखाको मनास्लु हिमालको आधार शिविरको हिम पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । करिव १५ जना घाइते भएका छन् । चुमनुब्री गाउँपालिका १ मा स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो जाँदा अनुप राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकरी दिएको छ ।

प्रहरी पनि आधार शिविरमा पुग्न सम्भव नभएकाले घटनाबारे यकिन विवरण पाउन मुश्किल भएको प्रहरीको भनाइ छ । गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले घटनास्थलतर्फ कैलाश हेलिकप्टर गएको तर खराब मौसमका कारण उद्धारमा कठिनाइ भएको बताए ।  कैलाश हेलिकोप्टरका श्रीहरि कुइँकेलले दिउँसो १ बजे नै हेलिकप्टर सामागाउँमा पुगेको तर खराब मौसमका कारण उद्धारको काम हुन नसकेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Array