कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर सम्झौता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० आश्विन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकबीच मर्जर सम्झौता भएको छ । सोमवार एक कार्यक्रमबीच मर्जर सम्झौतामा हस्ताक्षर भएको छ । मर्जर सम्बन्धी सम्झौतामा एनसीसीका तर्फबाट मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका तर्फबाट संयोजक कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन्। सेयर स्वाप रेसियो भने १ः१ (एक बैंकको १ कित्ता शेयर बराबर अर्को बैंकको पनि १ कित्ता नै शेयर) हुने गरी गाभिने सहमति भएको हो ।

दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ । बैकको निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड रुपैयाँ निक्षेप हुनेछ । कर्जा लगानी २ खर्ब ७४ अर्ब ५५ करोड पुग्ने छ। जगेडा कोषहरुमा भएको रकम लगायतका आधारमा बैंकको कुल पुँजी ३७ अर्ब ६५ करोड हुनेछ बताइएको छ ।

एनसीसी बैंकका कर्मचारीका लागि स्वेच्छिक अवकाश योजना समेत ल्याइने छ। अहिले एनसीसीमा १ हजार ६०० कर्मचारी छन् भने कुमारीमा १ हजार ९०० कर्मचारी छन् । मर्जरपछि बैंकको शाखा संख्या ३५५ पुग्ने बताइएको छ ।

मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल हुने र कुमारीका रामचन्द्र खनाल बरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत हुने छन् । मर्जरपछि बैंकको नाम भने कुमारी बैंक नै हुने छ ।

प्रतिक्रिया दिनुहोस्

Array