मनास्लुको हिमपहिरोमा फसेकाहरुको उद्धारमा समस्या

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० आश्विन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – मनास्लु हिमालको आधार शिविरमा गएको हिमपहिरोमा फसेका व्यक्तिको उद्धारमा समस्या भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अहिलेसम्म उनीहरूको खोजी कार्य हुन सकेको छैन ।

बिहान ८ बजेतिर गएको हिमपहिरोमा परी केही आरोहण दलका सहयोगी र भरिया फसेको खबर आएको तर मौसम प्रतिकुल भएकाले उद्धार गर्न कठिन भएको प्रहरीले बताएको छ । हिमपहिरोमा परेकाहरू सामान्य घाइते रहेको जानकारी आएको र उद्धारको प्रयास भइरहेको छ ।

घटना भए लगत्तै सामागाउँ प्रहरी चौकीबाट प्रहरी आधार शिविरतर्फ गएका छन् । तर आधार शिविर बस्तीदेखि टाढा रहेको र खराब मौसमका कारण सञ्चार सम्पर्क स्थापित हुन नसकेको प्रहरीले जनाएको छ । मनास्लु हिमालको तेस्रो र चौथो आधार शिविरको बीचमा हिमपहिरो गएको हो । पहिलो र दोस्रो आधार शिविरमा रहेका शेर्पा र आरोहण दलका सहयोगीले उद्धारको प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array