गुणस्तरीय शिक्षाको नाममा निजी विद्यालयद्वारा संस्कृतिमाथि आक्रमण

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० आश्विन २०७९, सोमबार
3 Min Read
Aa

बडादशैं, हिमवत क्षेत्रका सवै धर्मालम्वीको साझा सांस्कृतिक पर्व हो । बडादशैँ कृषि उत्पादन, सामाजिक मेलमिलाप, पारिवारिक पुनर्मिलन र संस्कृतिको पुस्ताहस्तान्तरण सँग पनि सम्बन्धित छ । यो राष्ट्रिय एकताको महत्व बोकेको पर्व समेत हो । त्यसैले यो पर्वलाई नेपालीमात्रको सवै भन्दा ठूलो पर्व भनिएको हो ।

यति बिशाल अर्थबोकेको धार्मिक सांस्कृतिक पर्व भएपनि दशैंलाई निषेध गर्नेगरि निजी विद्यालयले शैक्षिक कार्यक्रम तयार गरेका छन् । अन्य आगन्तुक धर्मका धार्मिक सांस्कृतिक पर्वलाई धुमधाम मनाउन सक्रिय रहने निजी विद्यालय दशैंमा भने शिक्षाको नाममा बिदा कटौती गरि परिक्षा संचालन गरिरहेका छन् । यसले गर्दा गुणस्तरीय शिक्षाको आसमा दूरदराजबाट शहर आएर शिक्षा ग्रहण गरिरहेका विद्यार्थीले दशैं मनाउन नपाउने भएका छन् । ढिलो बिदा, दशैँ र तिहारको बीचमा कक्षा संचालन हुनु लगायत कारणले बिद्यार्थी र शिक्षक आफ्नो जन्मथलोमा चाडपर्व मनाउन जान नपाउने भएका हुन् ।

विद्यालय ढिलो बिदा हुदाँ घरपुग्ननै समस्या हुने भुक्तभोगी बताउछन् । बसको टिकट नपाईने,  टिकट पाएपनि अत्याधिक भिड, महँगो शुल्क र जोखिमयुक्त यात्रा, बसबाट ओर्लिएर पनि लामो पैदलयात्राको समय मिलाउन नसक्दा बिद्यार्थी र शिक्षक ज्यादा समस्यामा पर्ने गरेका छन् । हवाईयात्राको समेत यहि हालत रहेको छ । सामान्य अवस्थामा ३५०० मा पाईने काठमाण्डौ बिराटनगरको हवाई भाडा ५५०० /६००० हुदै ९५०० रुपैया पुगेको छ । यो त एउटा उदाहरण मात्र हो । दुर्गम क्षेत्रको हवाई भाडाको अवस्था त झन् डरलाग्दो रहेको छ । काठमाण्डौ हुम्लाको हवाई भाडा भन्दा दुवईको भाडा सस्तो र सहज छ ।

कोटेश्वर महादेवस्थानमा भेटिएका संखुवासभा स्थायी ठेगाना भएका शिक्षक कमल नेउपाने विद्यालयको परिक्षा बाकी रहेको र दशैँ तिहारको बीचमा समेत बिद्यालय सुचारु हुने भएकोले घर जान नसकेको बताउछन् । महँगो हवाई भाडा र टिकटको समस्याका कारण यो बर्ष जान नसक्ने बताउछन् । यस्तै डोल्पाकी थममाया बुढा समेत घर जान नपाएकोमा दुखित छन् ।

यस्तै जाजरकोट बाट नेपालगंज आएर पढिरहेका कमल परियार समेत दशैंमा घरजान नपाएकोमा चिन्तित छन् । त्यसोत उनको परिवारले धेरै अघिनै क्रिश्चियन धर्म अंगिकार गरेको छ तथापि उनलाई दशैँ औधी प्यारो छ । साथीभाई सँग भेटघाट र परिवारसँगको पुनर्मिलन गुमेको कारण उनी निराश छन् । गोरक्षपोस्ट सँग कुरा गर्दै उनले भने “मेरा बुबालाई फकाएर क्रिश्चियन बनाए, अव भने क्रिश्चियन बाट हिन्दूधर्ममा फर्किने तयारीमा रहेको छु । आउने साल भब्य दशैँ मनाउनेछु” । यसको निम्ति उनले बुबाआमालाई समेत सहमत गराएका छन् ।

नेपालको संविधान २०७२ को धारा ४ को स्पष्टिकरणमा “धर्मनिरपेक्ष” भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनु पर्छ” भनेर भनिएको छ ।

तर संविधान र जनभावनाको कसलाई के मतलव ?

प्रतिक्रिया दिनुहोस्

Array