काठमाडौँ – नेपालीहरूको महान चाड बडादशैँमा बसन्तपुरस्थित दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरी जमरा राखिएको छ। सोमबार समितिले दिएको साइतमा विधिपूर्वक घटस्थापना गरिएको हो । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ। दसैँघरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजा आराधना गरिन्छ । यस वर्ष पनि महानवमीका दिन हनुमानढोकाको कोतमा ५४ बोका र ५४ राँगासहितको बलि दिइन्छ ।
जमरामा जौबाहेक अरू अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद्हरु बताउँछन्। कूल परम्पराअनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन्। जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गरिन्छ। आश्विन शुक्ल प्रतिपदाबाट सुरु हुने बडादशैँ १५ दिनसम्म ९कोजाग्रत पूर्णिमा० मनाइन्छ।


प्रतिक्रिया दिनुहोस्