इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको दसौं अफर सार्वजनिक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० आश्विन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौ– इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले ग्राहक आकर्षित गर्न धमाधम दसौं अफर सार्वजनिक गरेका छन् । यो वर्ष प्राय सबै ठूला इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेट र आइपीटिभीको सब्स्क्रिप्सन गर्दा रकम थपेर टेलिभिजन सेटसहितको अफर ल्याएका छन् ।
घटस्थापनाको दिन आजसम्म क्लासिक टेक, वर्ल्डलिंक, भायनेट, सुबिसु, डिसहोमले ग्राहक तान्न र भएका ग्राहकहरुलाई जोगाइराख्न चाडपर्व लक्षित अफर सार्वजनिक गरिसकेका छन्।
गत वर्ष पनि ठूला आइएसपीहरुले चाडपर्व लक्षित अफर सार्वजनिक गरेका थिए। २०७७ मा भने कोरोना महामारीका कारण पर्याप्त तयारी गर्न नपाउँदा क्लासिक टेक र भायनेटबाहेक अरु आइएसपीहरुले अफर सार्वजनिक गरेका थिएनन् ।
दसैं स्मार्ट टिभी अफर अन्तर्गत क्लासिक टेकले ५० एमबीपीएस, ८० एमबीपीएस र १०० एमबीपीएसको खरिदमा थप पैसा हालेर ३२ इन्चको एलइडी टिभी र ४३ इन्चको स्मार्ट टिभी पाउने जनाकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्