नगर प्रमुखमाथि आक्रमणको प्रयास, सात राउन्ड अश्रुग्याँस प्रहार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ  – रौतहटको बौधिमाई नगरपालिकाका नगर प्रमुख प्रदीपकुमार यादवमाथि आक्रमणको प्रयास भएको छ । आइतबार नगरपालिकाको प्राङ्गणमा विद्यार्थीहरूले शैक्षिक भ्रमणका लागि बजेट नदिएको भन्दै उनीमाथि आक्रमण गर्ने प्रयास गरेका हुन् ।

शंकर मावि र आधारभुत विद्यालय छोटी भन्सारका विद्याथीहरूले यादवमाथि आक्रमणको गर्ने प्रयास गरेका प्रहरीले बताएको छ । प्रहरीले नगर प्रमुखलाई सुरक्षा दिँदा प्रहरी र विद्यार्थीबीच पनि झडप भएको थियो । नेपाल प्रहरीका सहायक प्रहरी निरीक्षक सुनिल कुमार यादवसहित एक जवान र सशस्त्र प्रहरीका तीनजना घाइते भएको रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढाथोकीले जानकारी दिएका छन ।

उनका अनुसार झडपमा पाँचजना प्रहरी र दर्जनौँ विद्यार्थी घाइते भएका छन् । प्रहरीले सात राउन्ड अश्रुग्याँस प्रहार गरेर स्थित नियन्त्रणमा लिएको छ ।

विद्यार्थी र प्रहरीबीच करिब डेढ घण्टा ढुंगा हानाहान भएको थियो । नगरप्रमुख यादव चढ्ने सरकारी नम्बर प्लेट ना १ झ १६९३ गाडीमा ढुंगामुढा गरी क्षतिग्रस्त बनेको छ । विद्यार्थीहरूले गरेको ढुंगामुढाबाट पालिकाको कम्युटर, टेबुल, कुर्सीलगायतका सामानहरूसमेत तोडफोड भएको मेयर यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्

Array