दसैंको मौका छोपी ठगि र कालोबजारी गर्ने व्यवसायीहरुलाई कारबाही हुन्छ: प्रधानमन्त्री देउवा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगी व्यवसायीहरूलाई भेटेर दसैं र तिहारको समयमा मूल्यवृद्धिबारे चासो राख्दै दसैंको मौका छोपी मूल्यवृद्धि गर्ने व्यवसायीअहरुलाई कारबाही हुने बताएका छन् । प्रधानमन्त्री देउवाले उद्योग, वाणिज्य महासंघ, घरेलु तथा साना उद्योग महासंघ, चेम्बर अफ कमर्श र उद्योग परिसंघका प्रतिनिधि भेटेर मूल्यवृद्धिबारे चासो राखेका हुन् ।

प्रधानमन्त्री देउवालाई भेट्न महासंघका अध्यक्ष शेखर गोल्छासहितको टोली पुगेको थियो । यस्तै, चेम्बरबाट अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको टोली पुगेको थियो भने साना उद्योग महासंघ र परिसंघका तर्फबाट पनि अध्यक्षसहितको टोली पुगेको थियो । यस्तै, सरकारकातर्फबाट अर्थमन्त्री जनार्दन शर्मा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू समेत छलफलमा थिए ।

भेटमा प्रधानमन्त्री देउवाले दसैं र तिहारको समयमा चुस्त रूपमा बजार अनुगमन हुने बताएको सहभागी एक उद्योगीले बताए । उनले कडाईका साथ बजार अनुगमन गरिने र त्यसक्रममा ठगि र कालोबजारी तथा अव्यवहारिक मूल्यवृद्धि गरेको पाइए कारबाही गर्ने चेतावनी समेत दिएको ती उद्योगीको भनाइ छ ।

प्रधानमन्त्रीसँगको छलफलमा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अन्तर्राष्ट्रिय बजारको प्रभावका कारणले नेपालमा मूल्यवृद्धि भएको जानकारी गराए । यस्तै, छलफलमा गोल्छाले बजार अनुगमनका क्रममा व्यवसायीको मान र प्रतिष्ठामा आँच आउने गरी काम गर्न नहुने समेत बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array