प्रेम गीतको हिन्दी डब रिलिज बोर्डका कारण ढिलो भएको होइन: भुवन केसी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – चलचित्र विकास बोर्डले प्रेम गीत ३ को हिन्दी संस्करण कर चुक्ताको प्रमाणपत्र समयमै प्राप्त नभएको कारण ढिलो भएको स्पष्टीकरण दिएको छ । आइतबार बोर्डका अध्यक्ष भुवन केसीले एक विज्ञप्तिमार्फत विवादबारे स्पष्टीकरण दिएका हुन् । उनले बोर्डबाट प्रेम गीत ३ को हिन्दी संस्करणको काममा कुनै ढिलासुस्ती तथा अवरोध नभएको दाबी गरेका छन् ।

नेपालमा पनि असोज ७ गतेबाट नै हिन्दी संस्करणको प्रेम गीत ३ हलमा रिलिज हुने भनिएपनि अझै हुन सकेको छैन । कतिपयले बोर्डका कारण हिन्दी संस्करणको प्रेम गीत ३ को हल रिलिजमा ढिलाइ भएको टिप्पणी गरिरहेका छन् । बोर्डका अध्यक्ष केसीले प्रेम गीत निर्माण पक्षबाट कर चुक्ताको प्रमाणपत्र समयमै प्राप्त नभएकाले स्वीकृतिका लागि ढिलाइ भएको दाबी गरेका छन् । साथै उनले कर चुक्ता प्रमाणपत्र पेस हुनासाथ प्रक्रिया अगाडि बढाइएको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array