कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको आज विदाई

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं– सर्वोच्च अदालतले कायममुकायम प्रधानन्यायाधीश असोज १७ गतेदेखि ६५ वर्षको उमेर हदका कारण दीपककुमार कार्कीले आजबाट अवकाश पाउँदै छन्।
भोलिदेखि दसैँ बिदा सुरु हुने भएकाले आजै कामु कार्कीलाई औपचारिक बिदाइ गर्न लागेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिएका छन् ।कार्कीले अवकासको एक महिना अघिदेखि मुद्दा हेरेका छैनन्। उनले अन्य प्रशासनिक काम मात्र गर्दै आएका छन् । फागुन १ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोग लगाउने प्रस्ताव संसदमा दर्ता भएपछि कार्कीले सर्वोच्च अदालतको नेतृत्व सम्हालेका हुन ।
राणा निलम्बनमा परेपछि उनी कायममुकायम प्रधानन्यायाधीश भएका हुन्। संविधानले प्रधानन्यायाधीशले काम गर्न नसकेको अवस्थामा कायममुकायमले प्रधानन्यायाधीशले गर्ने सबै काम गर्नुपर्ने व्यवस्था गरेको छ। कार्की २०७३ साल साउनमा सर्वोच्च अदालतको न्यायाधीश भएका थिए।

प्रतिक्रिया दिनुहोस्

Array