राष्ट्रपतिविरुद्धको रिटको सुनुवाइ न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्धको रिटमाथिको प्रारम्भिक सुनुवाइको पेसी न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा परेको छ । रिटको सुनुवाइ सात वटा रिटपछि ‘ज’ नम्बरमा रहेको छ । सम्भवतः आज राष्ट्रपति विरुद्धको रिटमाथि सुनुवाइ हुनेछ ।

नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक दायित्वबाट च्यूत भएको भन्दै राष्ट्रपति भण्डारीविरुद्ध गत बिहीबार पाँचवटा रिट सर्वोच्च अदालतमा परेको थियो । ती सबै रिट एकमुष्ट हेरिने भन्दै शुक्रबारलाई पेसी तोकिएको थियो ।  शुक्रबार हेर्न नभ्याइने सूचीमा परेर स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array