डेंगी नियन्त्रण गर्न सरकारले विशेष रूपमा ध्यान दिनुपर्छ: प्रकाशमान सिंह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा डेंगी महामारीको रूपमा देखिएकाले यसको प्रभावकारी नियन्त्रणमा सरकारले विशेष ध्यान दिनु पर्ने बताएका छन्। आज राजधानीको रत्नराज्य विद्यालयको विज्ञान प्रयोगशाला हस्तान्तरण कार्यक्रममा बोल्दै नेता सिंहले उक्त कुरा बताएका हुन्।

नेता सिंहले जनस्तरमा अनुभूत हुनेगरी सरकारले काम गर्न म नेपाल सरकारको ध्यानाकर्षण गराउँछु भन्दै सरकारले तत्कालै विशेष अभियान सुरु गर्न आग्रह गरेका छन्। बिरामीले सिटामोल धरी भनेको समयमा नपाइने भन्ने गुनासो रहेकाले उनले सरकारलाई गम्भीर बन्न अपिलसमेत गरे।

फरक प्रसंगमा बोल्दै नेता सिंहले अहिलेको आम चुनावमा कांग्रेसलाई अवसर दिने हो भने मात्रै राजनीतिक स्थिरता आउनेसमेत बताए । बागमती प्रदेशका पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठलगायतले विद्यालयको क्षमता विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: