रु रु जलविद्युतको लाभांश प्रस्ताव सहित साधारण सभा आह्वान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ  – रु रु जलविद्युतले लाभांश प्रस्तावसहित बार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७८-७९ को नाफाबाट १०५ बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३५ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश प्रस्ताव पारित गर्न यसले कार्तिक ४ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा बानेश्वर ब्याङ्केट, थापा गाउँ, नयाँ बानेश्वरमा दिउँसो १ बजेबाट सुरु हुनेछ । साधारण सभाले लाभांश लगायत कम्पनीको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफलका साथै आर्थिक वर्ष २०७९-८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा छ।

कम्पनीले सभा प्रयोजनका लागि असोज २७ गते बुक क्लोज गर्दैछ । तसर्थ, असोज २६ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन। कम्पनीले आव २०७७-७८ को नाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०-५६३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array