उग्र बन्दै इरानमा प्रदर्शन, सयौँ आन्दोलनकारी पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – एउटी युवतीको हिरासतमा मृत्यु भएपछि इरानी प्रहरीले एक साताभन्दा लामो प्रदर्शनका क्रममा मात्र एउटा प्रान्तमा ७०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको तस्निम समाचार एजेन्सीले शनिबार जनाएको छ। गुइलान प्रान्तका प्रहरी प्रमुख जनरल अजिजोल्लाह मलेकीले ६० जना महिलासहित ७३९ प्रदर्शनकारीलाई गिरफ्तार गरिएको बताएका छन्।

२२ वर्षीया कुर्दिश महिला महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएका थियो। प्रदर्शनका क्रममा ५० भन्दा बढी मृत्यु भएको मानव अधिकारवादी समूहले जनाएको छ। अहिलेसम्मको प्रदर्शनमा कम्तीमा ५० प्रदर्शनकारीको मृत्यु भएको ओस्लोमा रहेको मानव अधिकारवादी समूह इरान ह्युमन राइट्सले जनाएको छ।

- Advertisement -
Ad image

यद्यपि, यो संख्या ३५ रहेको सरकारले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । प्रदर्शनकारीले सर्वोच्च नेता आयतोल्लाह अली खमेनीको तस्बिर जलाएर उनको राजीनामा माग गरेका छन्। सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा प्रदर्शनकारीले राजधानी तेहरानका विभिन्न स्थानमा साँझ परेपछि जम्मा भएर हिजाबविरोध प्रदर्शन गरेका देख्न सकिन्छ।

ऐजेन्सी

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्