खाद्य कम्पनीले खाद्यान्नको भाउ घटायो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ आश्विन २०७९, शनिबार
2 Min Read
Aa

काठमाडौं–
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंलाई लक्षित गरि सहुलियत पसलमा बिक्री हुँदै आएको खाद्यान्नको भाउ घटाएको छ । खाद्यान्न खरिद गर्नेहरुलाई तेल, मैदा र दालका मूल्यमा केही मुल्य घटेको छ । प्रतिष्पर्धी बजारमा प्रचलित दर क्रमिक घटेकाले कम्पनी दबाबमा परेको थियो। कम्पनीले खानेतेलमा सूर्यमुखी, भट्मास, तोरी तेल, मैदा र मुसुरो दालको मूल्य पनि घटाएको छ। मुल्य घटाउनु अघि बाहिरा पसलमा भन्दा सहुलियत पसलमा महंगो थियो ।
बजारमा खाद्यान्नको मूल्य घट्न थालेपछि कम्पनीले पनि घटाउनु स्वाभाविक भएको कम्पनीले बताएको छ । कम्पनीले अलि अगाडि खरिद गरेको स्टक थियो, अहिले बजारमूल्य घटेकाले घाटा खाएर भए पनि मूल्य घटाएर बिक्री गर्न लागेको हो कम्पनी जानकारी दिएको छ ।
सरकारी कम्पनी भएकाले बजारमा प्रचलितका तुलनामा सहुलियत दिने पनि नीति रहेको बताइको छ । उपभोक्तालाई सहुलियत दिने पसलमा बाहिर बजारको भन्दा बढी मूल्य हुँदा नराम्रो असर पर्ने भएकोले मूल्य प्रतिकेजी ८ रुपैयाँसम्म घटाइएको जानकारी दिएको छ ।
तोरीको तेल छुटसहित प्रतिलिटर २ सय ७५ र सूर्यमुखी तेल २ सय ८५ रुपैयाँ छ। भटमासको तेलमा ५ रुपैयाँ घटाएको छ। अब भटमासको तेल छुटसहित प्रतिलिटर २ सय ४० रुपैयाँ हुनेछ।

त्यस्तै मुसुरोको दालमा प्रतिकेजी ८ रुपैयाँ घटाएको छ। जसमा प्रतिकेजी १ सय ६० रुपैयाँबाट घटाएर प्रतिकेजी १ सय ५२ रुपैयाँ बनाएको छ। यसमा पनि उपभोक्ताले प्रतिकेजी ७ रुपैयाँ छुट पाउने छन्। कम्पनीले मैदामा ४ रुपैयाँ घटाएर प्रतिकेजी ८७ रुपैयाँ कायम गरेको छ। यसअघि कम्पनीले मैदा प्रतिकेजी ९१ रुपैयाँ तोकेको थियो।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: