अध्यक्ष ओली आज जनकपुर जाने, लोसपाका नेताहरु एमाले प्रवेश गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ आश्विन २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष खड्ग प्रसाद (केपी) शर्मा ओली आज (शनिबार) जनकपुर जाँदै छन् । ४ मंसिरमा हुने निर्वाचन नजिकिएसँगै ओलीले मधेशमा आफ्ना कार्यक्रमहरु बाक्लो बनाएका छन् । आज जनकपुरमा एमालेको पार्टी प्रवेश कार्यक्रम राखिएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का निवर्तमान सांसद उमाशंकर अरगरिया सहितका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउन नेकपा एमालेका अध्यक्ष ओली जनकपुर जान लागेका हुन् ।

केही दिनअघि पनि उनी जनकपुर पुगेका थिए । जनकपुरमा उनले लोसपासँग आफूहरुले चुनावी तालमेल गर्न सक्ने संकेतसमेत गरेका थिए । लोसपाले पनि एमालेसँग चुनावी तालमेल गर्नका लागि शुक्रबार मात्र वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा समिति बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्