काठमाडौँ – हेटौंडामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा तीन बालकको मृत्यु भएको छ। हेटौंडाको न्यूरेनीस्थित कर्रा खोलामा डुबेर उनीहरूको मृत्यु भएको हो। अपराह्न पौडी खेल्ने क्रममा बेपत्ता तीन बालक मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरीले जानकारी दिएको छ ।
पौडी खेल्ने क्रममा बेपत्ता भएका हेटौंडा–१५ फारलाइनका १७ वर्षीय साहिल लामा, सोही ठाउँका १२ वर्षीय कर्साङ जिम्बा र १३ वर्षीय सञ्जीव मोक्तानको शव फेला परेको हो। पौडी खेल्ने क्रममा खोलाले चारजनालाई बगाएकोमा एकजना भने पौडी खेलेर बाहिर निस्किएको प्रहरीले बताएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्