पाथिभराको मौलिक नाम राख्न माग, ताप्लेजुङ नाका बन्द गर्ने घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ  – लिम्वूहरुको जातीय संस्था किराँत याक्थुङ चुम्लुङले दशैँको मुखमा ताप्लेजुङ प्रवेश गर्ने सबै नाका बन्द गर्ने घोषणा गरेको छ। चुम्लुंङले विज्ञप्ति जारी गरी असोज ९ गतेबाट मेची राजमार्ग हुँदै ताप्लेजुङ प्रवेश गर्ने नाका बन्द गर्ने घोषणा गरेको हो।

पाथिभराको मौलिक नाम मुक्कुमलुङमा नामाकरण गरिनुपर्ने माग सहित ताप्लेजुङमा सवारीका साधन प्रवेशमा रोक लगाउने निर्णय गरेको हो। पाथिभराको नाममा महोत्सव आयोजना गर्ने तयारी भएकाले महोत्सवलाई अवरुद्ध गर्नेगरी चुम्लुङले ताप्लेजुङको यातायात नाकाहरु ५ दिन बन्द गर्ने चेतावनी दिएको छ।

चुम्लुङद्वारा जारी विज्ञप्तिमा मुककुम्लुङ बचाउ आन्दोलनको लागि पाथिभर म्याराथन महोत्सव २०७९ पनि असफल बनाउने चेतावनी दिएको छ। नदिने

हिन्दूहरुले आस्थाका साथ पूजा गर्ने पाथीभरालाई लिम्वूहरुले पनि मुककुम्लुङ भन्दै आस्थाका साथ पूजा गर्ने गरेका छन्। चुम्लुङका अध्यक्ष प्रेम याक्तेनले आफूहरुको सांस्कृतिक सम्पदामाथि अतिक्रमण भएको र सच्याउन माग गर्दा अटेरी गरेकाले बाध्य भएर आन्दोलनमा उत्रनु परेको बताए।

मेची राजमार्ग हुँदै नौ रथामा पाथिभराको दर्शन गर्न भक्तालुहरु जाने गरेका छन्। सोही अवसर पारेर केही वर्षअघिबाट पाथीभरा क्षेत्रमा पाथिभर म्याराथन महोत्सव २०७९ आयोजना गर्ने गरिन्छ।

प्रतिक्रिया दिनुहोस्

Array