लेबनानमा डुंगा दुर्घटना हुँदा ५३ जनाको मृत्यु, दर्जनौं बेपत्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ आश्विन २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौँ – लेबनानमा आप्रवासी चढेको एउटा डुंगा सिरियाको तटमा डुब्दा ५३ जनाको मृत्यु भएको छ । करिब २० जनालाई उद्धार गरिएको लेबनानका यातायात मन्त्रीले शुक्रबार जानकारी दिएका छन् ।

सिरियाली सहर टार्टसको तटीय क्षेत्रमा बिहीबार भूमध्यसागरमा डुबेको सानो डुङ्गामा १०० भन्दा बढी व्यक्ति सवार रहेका थिए । सवार यात्रुहरु अधिकांश लेबनानी र सिरियालीहरु रहेका थिए । दर्जनौं अझै बेपत्ता रहेका बताइएको छ ।
एजेन्सी

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्