विवाहको भोलिपल्टै विदेशीलाई नागरिकता दिने व्यवस्था स्वीकार्न सकिँदैन: कमल थापा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले विवाह गरेर ल्याएको भोलिपल्टै विदेशीलाई नागरिकता दिने व्यवस्था स्वीकार्न नसकिने बताएका छन । गृहजिल्ला मकवानपुरको बकैया गाउँपालिकामा पार्टीको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा थापाले विवाह गरेर ल्याएको भोलिपल्टै नागरिकता दिने कुरामा कुनैपनि हालतमा सहमति हुन नसकिने बताएका हुन् । थापाले भने ‘प्रत्येक नेपालीले नागरिकता पाउनुपर्छ, जन्मसिद्ध नागरिकका सन्तानले सहजरूपमा नागरिकता पाउनुपर्छ । तर, विवाह गरेर ल्याएको भोलिपल्ट विदेशीलाई नागरिकता दिने व्यवस्था भएको विधेयकलाई स्वीकार गर्न सकिँदैन ।’

युवाहरू राजनीतिक स्वार्थको गोटि बन्नु नहुने उनको भनाइ छ । सरकार र दलहरूको मर्यादाहिन व्यवहारको कारण संविधानले सकारात्मक परिवर्तनको दिन नसकेको टिप्पणी गर्दै लोकतन्त्रको आवरणमा ब्रम्हलुट र सर्वसत्तावादी प्रवृत्ति हाबी भएको थापाको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस्