झुन्डिएको अवस्थामा भेटिए कलाकार राजु महोत्रा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – रुपन्देहीको देवीनगरमा कलाकार राजु महोत्रा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । स्थानीय कलाकार राजु गए राति करिब २ बजेतिर आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

करिब ३५ वर्षीय महोत्रा बिहीबार साँझ गायक नन्दु परियारलगायत व्यक्तिसँग आफ्नै घरमा खाना खाएर सुतेका थिए । महोत्राको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रदेशिक अस्पताल पुर्‍याइएको र घटनाबारे अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array