कुनै पनि कर्मचारीको सरुवा नगर्न सरकारलाई आयोगको निर्देशन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ  – निर्वाचन आयोगले कर्मचारीको सरुवा रोक्न र सरुवा भएकाको हकमा तत्काल रमाना दिन सरकारलाई निर्देशन दिएको छ । बिहीबार साँझ एक विज्ञप्तिमार्फतले आयोगले आज (बिहीबार) देखि नै लागु हुनेगरी कर्मचारी सरुवा रोक्न र सरुवा भएका कर्मचारीलाई तत्काल रमाना दिन नेपाल सरकारलाई निर्देशन दिएको हो ।

मङ्सिर ४ गते हुने निर्वाचन हुन लागेको अवस्थामा विभिन्न तहका सरकार तथा सार्वजनिक निकायले कर्मचारी सरुवा गरिदिँदा अस्थायी मतदाता नामावली संकलनको कार्यमा वाधा उत्पन्न हुने भएकाले आयोगले यस्तो निर्देशन दिएको हो । यसले समग्र निर्वाचन व्यवस्थापनमा समेत प्रतिकूल प्रभाव पार्ने हुँदा बिहीबारदेखि आयोगको अनुमति नलिई कुनै पनि कर्मचारीको सरुवा नगर्न नगराउन निर्देशन दिइएको हो ।

यस्तै बु्धबारसम्म सरुवा भइसकेको अवस्था भए तत्काल रमाना दिई ९ गतेभित्र सम्बन्धित कार्यालयमा हाजिर भइसक्ने व्यवस्था गर्न पनि निर्देशन दिइएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

Array