रुकुम पूर्वमा बस दुर्घटना, ४ जनाको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ आश्विन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – रुकुम पूर्वको भूमे गाउँपालिका- ३ को क्याङ्सी बगरमा यात्रुवाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना भन्दा बढी घाइते भएका छन् ।

काठमाडौंबाट रुकुमकोटतर्फ जाँदै गरेको ग १ ख ९१०९ नम्बरको यात्रुवाहक बस सडकबाट ५० मिटर तल बगरमा खसेर दुर्घटना भएको रुकुम पूर्वका प्रहरीले बताएको छ । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको हो । घाइतेहरुलाई उपचारका लागि रुकुम पूर्व जिल्ला अस्पताल लगिएको छ ।

उद्दार भइरहेकाले मृतकको सनाखत हुन बाँकी रहेको र घाइतेको पनि परिचय नखुलेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array