मकवानपुर बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ आश्विन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – मकवानपुरको भीमफेदी गाउँपालिका ६ जुरिखेतमा भएको मिनिबस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । काठमाडौंबाट हेटौँडाका लागि छुटेको बा.३ ख ७८५८ को मिनिबस दुर्घटना हुँदा सातजनाको मृत्यु भएको भीमफेदी गाउँपालिकाका उपाध्यक्ष सञ्जीव श्रेष्ठले जानकारी दिए । उनका अनुसार घाइतेहरूलाई हेटौँ पठाइएको छ ।

सामान्य घाइते भएका एकजना यात्रुले बसमा ३१ जना सवार रहेको बताएको उपाध्यक्ष श्रेष्ठले बताए । ती यात्रु क्याबिनमा बसेका थिए । उनले बढी यात्रुका कारण दुर्घटना भएको बताएको श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

Array