फ्रेन्च लिग वान फुटबलमा पीएसजीको जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ आश्विन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं–
फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित हात पारेको छ । आइतबार राति भएको खेलमा पीएसजीले लियोनलाई १– ० गोल अन्तरले हराएको हो । एसजीको जितमा लियोनल मेस्सीले निर्णायक गोल गरे । खेलको पाँचौं मिनेटमा नेयमारको पासमा उनले गोल गरेका हुन् । यस जितसँगै पीएसजी शीर्ष स्थानमा उक्लिएको छ ।
पीएसजीले ८ खेलमा २२ अंक जोडेको छ । लियोन १३ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्