पुलिसको महिला टोलीले क्रिकेट प्रतियोगिता पोखरामा खेल्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ आश्विन २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं– पुलिसको महिला टोलीले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा पोखरामा खेल्दै डेब्यू गर्ने भएको छ । पुलिसले रुविनादेखि कविता कुँवरसम्मका नेपाली क्रिकेट स्टार खेलाडीलाई समेट्दै मजबुत टोली निर्माण गर्दै सानदार डेब्यू गर्ने तयारी गरेको हो । योसँगै महिला क्रिकेट टोली बनाउन अब विभागीय टोलीमा त्रिभुवन आर्मी क्लबमात्र बाँकी रहने भएको छ । नेपाल एपिएफ क्लबले २०६५ साल देखिनै महिला क्रिकेटमा एकमात्र थियो ।
यता पुलिसको पुरुष टोलीले भने २०६७ सालदेखि घरेलु क्रिकेटमा प्रतिस्पर्धा गर्दै आएको थियो । घरेलु क्रिकेटमा पुलिसको प्रदर्शन सानदार छ । नवौंमा पुलिसको टोलीले भने शुक्रबार त्रिभुवन आर्मी क्लबलाई फाइनलमा ८ विकेटले हराउँदै ऐतिहासिक स्वर्ण जितेको थियो ।

‘हाम्रो महिला टोलीको कप्तान रुविना नै हो । पुरुष टिम त पहिलादेखि छ । अब महिला टोली पनि थपेका छौं । हामी उत्कृष्ट टोली निर्माण गर्ने सोचमा छौं । आउने दिनमा देशलाई योगदान दिने खेलाडी उत्पादन गर्ने सोच राखेका छौं’, नेपाल पुलिस खेलकुद शाखाका प्रमुख रुकेश तण्डुकारले भने ।

 

प्रतिक्रिया दिनुहोस्

Array