“एमसीसी र एसपीपी”बारे चीनको आक्रामक चासो

चीन “एमसीसी र एसपीपी”लाई चीन बिरोधी अभियानको रुपमा बुझ्ने गर्दछ । परियोजनाको रुपमा आएको एमसीसी नेपालको संसदबाट पास भएपछि चीन नेपाल सँग ससंकित भएको छ । साथै एसपीपी को लागि नेपाली सेनाले लेखेको पत्र र सरकारको गोलमटोल जवाफले चीनको संकालाई झनै बढाएको छ । झन् पछिल्लो समयमा भइरहेका उच्चस्तरीय अमेरिकन भ्रमणले चीनको संकाको आगोमा घिउ थपेको छ ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ भाद्र २०७९, मंगलवार
3 Min Read
Aa

 काठमाण्डौ:

नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष “ली चान्सु”ले एमसीसी र एसपीपीबारे आक्रामक चासो राखेका छन् । साथै अध्यक्ष “ली”ले नेपालमा अमेरिकी सक्रियता बढेको भन्दै चिन्ता समेत व्यक्त गरेका छन् ।

चीन “एमसीसी र एसपीपी”लाई चीन बिरोधी अभियानको रुपमा बुझ्ने गर्दछ । परियोजनाको रुपमा आएको एमसीसी नेपालको संसदबाट पास भएपछि चीन नेपाल सँग ससंकित भएको छ । साथै एसपीपी को लागि नेपाली सेनाले लेखेको पत्र र सरकारको गोलमटोल जवाफले चीनको संकालाई झनै बढाएको छ । झन् पछिल्लो समयमा भइरहेका उच्चस्तरीय अमेरिकन भ्रमणले चीनको संकाको आगोमा घिउ थपेको छ ।

हिजो हस्ताक्षर भएको “नेपाल र चीनबीच अन्तर संसदीय सहयोग सम्बन्धी समझदारी पत्रमा” समेत चीनको आक्रामक प्रतिक्रिया कुटनीतिक रुपमा उल्लेख गरिएको छ ।

सम्झौताको पहिलो बुदाँमानै “दुवै पक्ष आपसी विश्वास सदृढ र विकास गर्न, एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न, एकअर्काको स्वतन्त्र रुपमा छनोट गरिएको सामाजिक प्रणाली र विकास पथको सम्मान गर्न तथा एकअर्काका मूल हित र महत्वपूर्ण सरोकारका विषयमा साथ दिन सहमत भएका छन्” भनिएको छ ।

सम्झौताको पहिलो बुँदाले मुख्यत: नेपाल चीनवीच बिश्वासमा आएको कमीलाई अप्रतक्षरूपमा स्वीकारिएको छ । साथै स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान तथा एकअर्काका मूल हित र महत्वपूर्ण सरोकारका विषयमा साथ दिन सहमत भएका छन् भनेर तिब्बत ,हङ्‍कङ र ताइवानमा चीनको पक्षमा नेपाल रहनुपर्ने भनेको  प्रष्ट छ ।

यसै गरि आज मंगलबार नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुसँग भएको भेटमा लीले एमसीसी र एसपीपीबारे गम्भीर चासो राखे । जवाफमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी रोक्न संसदमा रहेको आफ्नो पार्टीको शक्ति पर्याप्त नरहेको तर पनि विवेकपूर्ण तरिकाले कामगरि  संसदीय घोषणा गराउन सफल भएको बताए । साथै प्रचण्डले नेपाल एसपीपीमा सहभागी नहुने र यसमा प्रधानमन्त्रीलाई समेत आफूले सहमत गराएको बताए । प्रचण्डले नेपाल र आफ्नो पार्टी माओवादी केन्द्र एक चीन नीतिप्रति सदा प्रतिवद्ध रहेको समेत बताए ।

चिनियाँ भ्रमणदलको अहिले सम्मको सरोकार र एजेण्डा हेर्दा नेपालले एमसीसी पासगरेको कुरालाई चीनले सहज रूपमा लिएको देखिदैन । चीनले उत्तरी नाका बन्द गरेर आफ्नो असहमति प्रकट गरेको रूपमा बुझ्नुपर्ने कुटनीतिक विश्लेषक बताउछन ।

चीनका राष्ट्रपति पछिका शक्तिशाली व्यक्तिको प्रस्तुति हेर्दा चीन नेपालसँग रिसाएको बुझ्न सकिने भेटमा सहभागी माओवादी केन्द्रका एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्

Array