आजको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa
RASHIFAL

२०७९ भदौ २४, २०२२ सेप्टेम्वर ०९
मेष

राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । आर्थिक लाभ पनि रहनेछ ।

मिथुन

आफ्नै कार्यबाट मन सन्तुष्ट नहुनसक्छ, नयाँ कार्यमा लगानी नगर्नु नै राम्रो हुनेछ ।

सिंह

वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

तुला

घरमा अतिथिको आगमन हुनेछ । पुरानो स्वास्थ्य राम्रो रहनेछ भने खुसीका निम्ति केही खर्च हुनसक्छ ।

धनु

चिन्ता हटेर मन हलुका हुनेछ । मनोरञ्जनमा सहभागिता पनि भइएला ।

कुम्भ

टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । समस्या सुल्झाउन सकिनेछ ।

बृष

नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । पारिवारिक सुखका लागि धन खर्च हुनसक्छ ।

कर्कट

प्रेममा बाधाका साथै मन कमजोर रहनेछ, तर उपहार प्राप्त हुनसक्छ ।

कन्या

कुनै कुराले मनमा शान्ति छाउनेछ । अतिथिका रूपमा सम्मान पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ ।

बृश्चिक

आफन्त एवं इष्टमित्रसँग लामो समयपछि भेटघाट होला । काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ ।

मकर

शुभकार्यको चर्चा चल्नेछ । नयाँ जिम्मेवारी पाइएला । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ ।

मीन

आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array