राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा शेखर बराल नियुक्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा शेखर बराल नियुक्त भएका छन् । कम्पनी संचालक समितिको आज बसेको बैठकले बराललाई चार वर्षे कार्यकालको लागि नियुक्त गरेको हो ।

सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा नयाँ सिईओ नियुक्तीका लागि गत वर्ष खुल्ला प्रतिस्पर्धाबाट नियुक्तीको लागि दरखास्त आह्वान गरिएको थियो ।

खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्ती प्रक्रियामा सहभागी भएका बराल अन्तिम तीन जनामा सर्टलिष्टिङमा समावेश मध्येका एक हुन् । आजै बसेको कम्पनीको संचालक समितिले सिईओ छनौट समितिको प्रतिवेदनको आधारमा बराललाई सीईओमा नियुक्त गरेको हो ।

बरालले यसअघि सूर्या लाइफ इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स तथा युनाईटेड इन्स्योरेन्समा काम गरेको अनुभव रहेको छ। सिईओ छनौट समितिले राम बहादुर खड्का, सुरेन्द्र थापा र बरालको नाम सिफरिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array