नेप्से परिसूचक सामान्य अंकले गिरावट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ  – बिहीबार सेयर बजारमा सामान्य गिरावट आएको छ । बिहीबार नेप्से २.२३ अंकले गिरावट भएर १९३७.७४ अंकमा बन्द भएको छ ।
नेप्सेमा गिरावट भएपनि विकास बैंक, वित्त कम्पनी, हाइड्रोपावर, होटल तथा पर्यटन, लगानी र निर्जीवन बीमा उपसूचकमा वृद्धि भएको छ । तर, बैंकिङ, जीवन बीमा, अन्य लगायतको उपसूचकमा भने गिरावट भएको छ ।

नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने केही सुधार भएर अर्ब नाघेको छ । बुधबार ८२ अर्बमा सीमित भएको कारोबार रकम बिहीबार बढेको हो । बिहीबार बजारमा ३४ लाख १ हजार ७६२ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४ करोड ४४ लाख ४१ हजारको कारोबार भएको छ । जसमध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्सको सर्वाधिक १३ करोड १० लाख ४५ हजारको कारोबार हुँदा रिडी हाइड्रोपावरको ४ करोड ४४ लाख ८१ हजारको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्