पुँजीबजारमा लगानी गर्न सके दिगो विकासमा योगदान पुग्छ: डा. युवराज खतिवडा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – पुर्वअर्थमन्त्री डा. युवराज खतिवडाले विदेशी संस्थालाई पुँजीबजारमा लगानी गर्न दिनुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रम खतिवडाले यस्तो बताएका हुन् ।

खतिवडाले आन्तरिक बचत न्यून हुँदा वित्तीय श्रोतको अभाव भएकाले विदेशी लगानीकर्तामार्फत पुँजीबजारमा लगानी ल्याउनु पर्ने बताए । ‘साना आयोजनाका लागि पैसा समस्या नभए पनि ठुला परियोजना विदेशी लगानी ल्याउँदा ब्याजदरमा हुने उतारचढाव र सटही दरको जोखिम हुन्छ, त्यसैले पुर्वाधारका क्षेत्रमा ॠणभन्दा पनि पुँजी लगानी ल्याउन सक्दा दिगो पुर्वाधार विकासमा योगदान दिन सक्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

Array