मुस्ताङको थासाङका किसानलाई भालु धपाउने यन्त्र वितरण

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ भाद्र २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौँ – मुस्ताङको थासाङका किसानलाई भालु धपाउने यन्त्र दिएको छ । थासाङ गाउँपालिकामा हिमाली कालो भालुले निकै सास्ती दिन थाले पछि त्यहा भालु धपाउने उपकरण दिएको हो । किसानले खेतबारीमा लगाएको अन्नबाली र फलफुलहरु हिमाली कालो भालुले खाईदिंदा किसानको वर्षभरीको परिश्रम त्यसै खेर जाने गरेको स्थानीयले बताएका छन ।

थासाङ गाउँपालिकाका स्थानीय किसानहरुको समस्या र गुनासोलाई मध्यनजर गर्दै ओमविकास तथा देउकुमारी स्मृति प्रतिष्ठानको समन्वय र थासाङ गाउँपालिकाको आर्थिक सहयोगमा १५ थान भालु धपाउने यन्त्र संयुक्त रुपमा हस्तान्तरण गरेको छ ।

प्रतिष्ठानको समन्वयमा मुस्ताङ ल्याईएको उक्त भालु धपाउने यन्त्र उपकरणको विकास राष्ट्रिय आविष्कार केन्द्र, ईको टेक्नोलोजी एण्ड ईन्जिनीयरिङ र गण्डकी आविष्कार केन्द्रले गरेका थिए । जापानबाट ईलेक्ट्रोनिक ईन्जिनीयर उर्तिण गरेका ईन्जिनीयर सुवास गुरुङले यन्त्रलाई चाहिने उपकरण सामाग्रीहरु जापानबाटै खरिद गरी नेपाल पठाएका थिए । नेपालमा राष्ट्रिय आविष्कार केन्द्र र ईको टेक्नोलोजी गण्डकीले यन्त्र जडान गरेको थियो ।

जापानीज पार्टपुर्जालाई नेपालमा फिटिङ गरी तयार गरिएको भालु धपाउने यन्त्रको मुल्य एउटैको करिव ६० हजार पर्छ । थासाङका किसानहरु वर्षौवर्षदेखि संरक्षित वन्यजन्तु हिमाली कालो भालुको क्षतिले पीडित बन्दै आईरहेका छन् । थासाङको ताक्लुङ, कुज्जो, टिटी, झिप्रा देउराली, धम्पु, कोवाङ, खन्ती, सौरु र सिर्खुमका किसानलाई भालु आतंकले अन्नबाली र फलुफुल जोगाउन मुश्किल पर्ने गरेको छ । बर्सेनि निकै दुख कष्ठ गरी उत्पादन गरेको स्याउ, मकै, जौ, फापर, उवा, आलु लगायतका अन्नबाली दिन दहाडै हिमाली कालुभालु खेतबारीमा पसेर सोत्तर पारिदिन्छ । थासाङका किसान भालु आतंकबाट मुक्त हुन सकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: