गणपूरक संख्या नपुगेपछि संसद बैठक स्थगित, ५८ जना मात्र उपस्थित 

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

गणपूरक संख्या नपुगेपछि संसद बैठक १५ मिनेटलाई स्थगित भएको छ । ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’माथि राखेको संशोधन प्रस्ताव पेश गर्ने क्रममा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गणपूरक संख्या एकीन गर्न माग गरेका थिए

उनको माग अनुसार बैठकमा गणना गर्दा ५८ जना मात्र उपस्थित थिए । गणपूरक संख्या पुग्नका लागि प्रतिनिधि सभा सदस्यको एक चौथाई अर्थात ६९ जना उपस्थित हुनु पर्ने थियो ।

बैठकमा गणपूरक संख्या नपुगेपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

Array