फर्पिङको स्वादिलो नस्पाती ब्राण्डिङ गरिदै (फोटोमा समेत)

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ भाद्र २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौं–
फर्पिङको नास्पाती यसपालि २० करोड बराबरको को कारोबार भएको छ, नास्पाती भन्ने वित्तिकै हरेक नेपालीको मस्तिष्कमा आकर्षक दाना, रसिलो र स्वादिलो चित्र आउँछ। ठाउँ विशेष उत्पादनको अस्तित्व जोगाउन हम्मेहम्मे छ, तर परम्परागत तरिका अपनाएका फर्पिङका किसानले भने अझै पनि नास्पातीको महत्व जोगाइराखेका छन्।


नास्पातीका लागि ‘फर्पिङ’ भनेर चिनिए पनि उत्पादनका दृष्टिले काठमाडौँको दक्षिणकाली नगरपालिका– ८ को छैमले प्रख्यात छ। दक्षिणकाली, शेषनारायण, टल्कु, सेतीदेवीमा पनि नास्पाती उत्पादन हुन्छ। परम्परागत नास्पातीखेती हुँदै आएको यहाँ सरकारी लगानी आउने भएपछि किसानको मुहारमा खुशीको चमक देखिएको छ।


सरकारी अनुदान पाउने सुईंको पाएका रत्नबहादुर नेपाली यसपाली नास्पाती लगाउने योजनामा छन्। वडा नं ८ को कार्यालयमा अनुदानबारे बुझ्न आउनुभएका नेपालीले भने, “गरिबलाई सरकारले सहयोग गर्छ भने दुई-चार बोट लगाऊँ भनेर सुर कसेको।”
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत यसपाली छैमलेलाई ‘नास्पाती ब्लक’ बनाउन ५० लाख रकम विनियोजन भएको छ। उक्त अनुदानमा किसानले रु ५० लाख थपेर यहाँ एक करोडको कार्यक्रम सञ्चालन हुनेछ।


उपत्यकाको तीन जिल्ला हेर्ने कृषि ज्ञान केन्द्र, ललितपुरका बागवानी विकास अधिकृत रवि केसि अनुसार कम्तीमा एक रोपनी बढी नास्पाती खेती गर्ने किसान सहभागी गराई दुई हजार रोपनीमा ‘नास्पाती ब्लक’ बनाइनेछ।
“मुख्यतः नासपाती खेतीको क्षेत्र विस्तार, प्रशोधन, बाली संरक्षण, बगैँचा व्यवस्थापन, नर्सरी निर्माण र रोग नियन्त्रणका कार्यक्रम ब्लकभित्र पर्छन्,” केसीले भने। यहाँका किसानले पनि ठाउँठाउँमा सरकारी अनुदानको रकम दुरुपयोग भएको चाल पाएका छन्। गरिब किसानले अनुदान नपाउने रोग यहाँ पनि सल्कने चिन्ता उनीहरूमा देखियो। सबैलाई समेटेर ब्लक निर्माण भए किसानले राहत महसुस गर्नेछन्। हुने खानेकै बोलवाला भयो भने फेरि गरिब किसानको आशा निरासामा परिणत हुने आशङ्का छ।


दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत आएको बजेट दुरुपयोग नहुने गरी र तोकिएको क्षेत्रका सबै किसानले प्राप्त गर्ने गरी परिचालन हुने विश्वास दिलाउछन्। उनले यसपाली नसमेटिएका किसानलाई अर्को साल समेट्ने योजना रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

Array