कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने म्याद भदौ ३१ गतेसम्म लम्बियो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ  – कुमारी बैंकले निष्कासन गरेको ऋणपत्रमा आवेदन दिने म्याद भदौ ३१ गतेसम्म थप गरेको छ । बैंकले भदौ १७ गतेदेखि ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ निष्कासन गरेको हो । कुमारी बैंकले भदौ १७ गतेदेखि १० वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत व्याजदर भएको ११ प्रतिशत केविएल डिवेन्चर (२०८९) बिक्री खुला गरेको हो ।

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरको ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्रको निष्काशन गरेको हो । उक्त ३ अर्ब बराबरको ऋणपत्र मध्ये १८ लाख कित्ता अर्थात एक अर्ब ८० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने तथा १२ लाख कित्ता अर्थात एक अर्ब २० करोड बराबरको ऋणपत्र सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशन बाट बिक्री गरिने बैंकले जनाएको छ ।

सार्वसाधारणका लागि निष्काशन गरिने ऋणपत्र खरिदका लागि छिटोमा भदौ २१ गतेसम्ममा आवेदन दिनुपर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि भदौ ३१ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताहरुले यस ऋणपत्रमा धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि-आश्बामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन।

ऋणपत्र निष्काशनको लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array