लामो आयु बाँच्ने उपाय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ भाद्र २०७९, मंगलवार
3 Min Read
Aa

काठमाडौँ – दीर्घजीवन बाँच्नका लागि जम्माजम्मी पाँच उपाय अपनाए पुग्छ । न्युयोर्ककी ताओ पोर्चन लिन्च भन्छिन ‘दीर्घजीवन बाँच्नका लागि जम्माजम्मी पाँच उपाय अपनाए पुग्छ । त्योभन्दा धेरै गरिरहनै पर्दैन ।’ आउनुस्, तिनै पाँच उपायका बारेमा जानौंः

सही तरिकाले दिनको सुरुवात गर्नुहोस् 

जब म बिहान उठ्छु, आज आइपर्ने कुराहरुका बारेमा नकारात्मक सोच्दिनँ । न त राम्रा कुराहरुबारे नै सोच्छु । म त केही पनि सोच्दिनँ । बरु त्यसको साटो म आफैँलाई भनिरहेकी हुन्छु– ‘आजको दिन मेरो जीवनको सर्वोत्कृष्ट दिनका रुपमा जिउँछु ।’

 उमेर मात्र नम्बरको खेल हो 

म उमेरमा विश्वास गर्दिनँ । जब मानिसहरुले मेरो जिन्दादिली देख्छन्, मेरो उमेर कति भयो भनेर सोधिहाल्छन् । म तिनीहरुलाई भन्छु, तपाईं ऊ त्यो रुखलाई हेर्नुस् त रु तिनीहरुको उमेर कति भयो होला रु ती त सैयौं वर्षका भइसके । त्यतिबेला उनीहरुको अनुहार हेर्न लायकको हुन्छ । म तिनीहरुलाई भन्छु, ती रुखहरुलाई हेर्दा मर्नै लागेका हुन् कि जस्तो लाग्छन् तर त्यस्तो हुँदैन । ती रुखले पनि आफूलाई पुनर्जीवित गरिरहेका हुन्छन्, आफैँलाई सुधारिरहेका हुन्छन् । अनि केही महिनाभित्रै ती रुख नयाँ बन्न पुग्छन् । त्यस्तै मानिसको जीवन पनि उमेरलाई पाखा लगाउने हो भने तपाईंले बुझिहाल्नु हुन्छ, हरेक दिन नयाँ नयाँ चिज बोकेर आउने हाम्रो जीवन रुखजस्तै हो । हामीले चाह्यौं भने यसलाई दिनदिनै नयाँ बनाउन सक्छौं ।

यस्तरी नाच्नुस् कि वरिपरि को छ भन्ने ख्यालै नगर्नुस् 

हामी सामान्यतयाः आफूलाई गर्न मन लागेको कामहरु पनि अरुले के भन्लान्, के सोच्लान् भनेर गर्दैनौं । तर म त आफूलाई नाच्न मन लाग्यो भने यस्तरी नाच्छु कि आफ्नो वरिपरि को छ भन्ने बिल्कुलै परवाह गर्दिनँ । मलाई थाहा छ, म लड्न सक्छु, म चिप्लिन सक्छु, अरुको हाँसोको पात्र बन्न सक्छु । मलाई त्यो बेला जे पनि हुन सक्छ । जे सुकै होस्, म नाच्न छाड्दिनँ । र, म अरुलाई आफूभन्दा अब्बल हुन दिन्नँ ।

 सोचेको कुरा पूरा गर्न लागिपर्नुस् 

धेरै जना मानिसहरु आफूले सोचेको कुरा पूरा हुँदैन भनेर नीच मार्छन् । उनीहरुले सोचेको कुरा तत्कालै पूरा हुँदैन भनेर छाडिदिन्छन् । तर मैले आफ्नो सोचलाई कहिल्यै पनि त्यस्तो हुन दिइनँ । आफूलाई मन लागेको कुरा पूरा गर्न म जहिले पनि जोडतोडले लागिरहेँ । जब मैले प्राप्त गरेँ, मैले त्यसलाई पूर्ण सन्तोषका साथ ग्रहण गरेँ । जीवनमा आइपरेका राम्रा नराम्रा जस्तासुकै कुराहरुलाई पनि मैले सकारात्मक रुपमा ग्रहण गरेँ । त्यसैले म अरुलाई सकारात्मक रुपमा सोच्न र जीवन जिउन सल्लाह दिने गरेकी छु ।

अल्छ्याइँ नगर्नुस् 

कतिपय अवस्थामा हाम अल्छी गर्छौं र त्यसो गर्दा हामीले आफ्नो शक्तिको सीमालाई साँघुरो पारिरहेका हुन्छौँ । आफूलाई साँघुरो नपार्नुस् । कुनै काम आइप¥यो भने तुरुन्त उठ्नुस् र आइपरेको कामलाई मज्जा मानेर पूरा गर्नुस् । जब तपाईंले त्यो काम पूरा गर्नुहुन्छ, त्यसबेला तपाईंले बुझ्नु हुन्छ– काम कत्तिको मज्जाको थियो १ हामीले जीवनमा धेरैथोक गर्नु छ, थोरै समय छ । त्यसैले अगाडि आएका कामलाई नसाँच्नुस् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

Array