नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० भाद्र २०७९, सोमबार
0 Min Read
Aa

सभामुख अग्नि सापकोटाले प्रमाणीकरण गरेर नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको छ ।

श्रावण २९मा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा १५ बुँदे सन्देशसहित पुनर्विचारका लागि फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट हुबहु पारित भएपछि,सभामुख सापकोटाले प्रमाणित गरी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएका हुन् ।

अव संविधानको धारा ११३ उपधारा (४) अनुसार १५ दिन भित्र विधेयक प्रमाणीकरण गर्नु पर्नेछ।

प्रतिक्रिया दिनुहोस्

Array