घरेलु टोली केन्यालाई ६ विकेटले हराउँदै नेपालद्वारा एकदिवशीय शृंखला क्लिन स्वीप

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० भाद्र २०७९, सोमबार
1 Min Read
Aa

तेश्रो तथा अन्तिम एक दिवशीय क्रिकेटमा घरेलु टोली केन्यालाई ६ विकेटले हराउँदै नेपालले शृंखला क्लिन स्वीप गरेको छ ।

पहिलो ब्कोयाटिंग गरेको केन्याले डिएको २५६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालका ओपनरद्वय अर्जुन साउद र आसिफ शेख तथा बसिर अहमदले अर्धशतकीय पारी खेले । साउद ५८, शेख ५६ रन बनाएर आउट भए भने अहमद ५२ रनमा नट आउट रहे । अर्का ब्याट्सम्यान रोहितकुमार पौडेलले ४६ रनमा नट आउट रहे । ज्ञानेन्द्र मल्ल ३३ रन बनाएर आउट भए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोली केन्याले ५० ओभरमा ९ विकेट गुमाउँदै २५५ रन बनाएको थियो ।

नेपालका लागि सोमपाल र अदिलले २/२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्