नेपाल लाइफको बोनसदर सार्वजनिक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ  – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर आज सार्वजनिक गरेको छ । कम्पनीको आव २०७७-०७८ को वित्तीय विवरण बीमा समितिबाट स्वीकृत भएसँगै नयाँ बोनसदर समेत स्वीकृत गरेको हो । बीमा समितिले यही भदौं १५ गते स्वीकृत गरेको बोनस दर कम्पनीले आज सार्वजनिक गरेको छ ।

घोषित बोनस दर अनुसार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गरेका बीमितहरुले अधिकतम् ८२ रुपैयाँसम्म बोनस पाउने भएका छन् । फ्युचर बोनसका लागि बार्षिक २० प्रतिशतका दरले पाँच वर्ष सम्म प्रोभिजनिङ गर्नुपर्ने भएकोले नेपाल लाइफको बोनसदर प्रभावित भएको हुँदै आएको छ । तत्कालका लागि बोनसदर केही प्रभावित भएपनि फ्युचर बोनसका लागि प्रोभिजन जीवन बीमा कम्पनीहरुको लागि धेरै नै महत्वपूर्ण हुन्छ । यसले कम्पनी बलियो मात्रै पार्दैन, भविष्यमा बोनस दर घट्न नदिन भूमिका खेल्दछ ।

कम्पनीले अघिल्लो वर्षझै सर्वाधिक लाभ पाउने गरी बोनसदर घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array