मनोरञ्जन कर नतिर्ने ७ क्यासिनोलाई काठमाडौँ महानगरको पत्राचार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – काठमाडौं महानगरपालिकाले  सात दिन भित्र मनोरञ्जन कर तिर्न ७ वटा क्यासिनोलाई पत्राचार गरेको छ । आइतबार एक पत्र पठाउँदै महानगरपालिकाले होटेल म्यारियटको डेल्टीन, होटेल अन्नपूर्णका क्यासिनो प्यालेस, होटेल र्‍याडिसनको क्यासिनो र्‍याड, होटेल हायातको प्राइड इन्टरनेश्नल एण्ड रिक्रिएशन, होटेल सोल्टीको माजोङ्ग र मल्ल होटेलको बेली क्यासिनोलाई कर तिर्न भनेको हो ।

बागमती प्रदेशको आर्थिक ऐनले तोकेको क्यासिनो प्रवेशको मनोरञ्जन कर पटक पटक ताकेता गर्दा पनि सम्बन्धित संस्थाहरूको ४ वर्ष देखि नतिरेको महानगरको रनाजश्व विभागले जनाएको छ । प्रदेश आर्थिक ऐनले तोकेको दर रेट र सोको जरिवानसहित ७ दिनभित्र कर चुक्ता नगरे महानगरको राजश्व ऐन अनुसार कारबाही गरिने चेतावनी महानगरले क्यासिनोलाई गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array