टी–२० सिरिज: निर्णायक खेलमा केन्यामाथि नेपालको जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं–
पाँचौ तथा निर्णायक खेलमा केन्यालाई ३१ रनले पराजित गरी नेपालले पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखला ३–२ ले जित हात पार्न सफल भएको छ । १७६ रनको लक्ष्य पछ्याएको केन्याले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४४ रनमात्र बनायोे । नेहेमी ओढियाम्बोले २२ बलमा ३७ तथा कप्तान शेम गोचेले १८ बलमा ३३ रन जोडे पनि खेलमा जित भने नेपालको पोल्टमा प¥यो ।
बलिङमा सन्दीप लामिछाने र वरिस अहमदले २–२ तथा करण केसी, आदिल आलम र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिएका थिए । नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर १७५ रन बनाएको थियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे । झण्डै तीन वर्षपछि टी–२०आईमा अर्धशतक प्रहार गरेका ज्ञानेन्द्रले ५९ रन बनाउन सफल भए । यस्तै रोहित पौडेलले ४७ रन बनाए भने अर्जुन साउदले २९ र दीपेन्द्र सिंह ऐरीले २२ रन जोडेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

Array