दाँत बचाउने घरेलु उपाय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ भाद्र २०७९, आईतवार
4 Min Read
Aa

काठमाडौँ – मुख स्वस्थ राख्नका लागि कतिपय नियम पालना गर्नुपर्ने हुन्छ। त्यसमा सबैभन्दा मुख्य कुरा भनेको खाना तथा सरसफाइमा ध्यान दिनु हो।

बिहान र बेलुका खाना खाइसकेपछि दाँत माझ्नै पर्छ। तर, दाँत माझेर मात्र पुग्दैन। खाना खाँदा दाँतको कुना काप्चामा खानेकुरा अड्केको हुन्छ, जसलाई दाँत माझ्ने ब्रसले पनि निकाल्न सक्दैन।

त्यसैले त्यो फोहोर तथा फसेको खानेकुरालाई ‘डेन्टल फ्लस’ (धागो) को प्रयोगले दुई दाँतबीच फसेको फोहोरलाई निकाल्न सकिन्छ।

दाँत मात्र नभई, जिब्रो तथा मुखभित्रको ‘सफ्ट टिस्यु’ पनि सफा गर्न सकिन्छ। त्यस्तै जतिपटक खाना खान्छौँ, बिहान, दिउँसो, साझ वा बेलुका, हरेक पटक पानीले मुख कुल्ला गर्नुपर्छ।

जिब्रोलाई ब्रसको पछाडिको खस्रो भागले सफा गर्नुपर्छ। यदि पछाडि खस्रो छैन भने बजारमा ‘टङक्निर’ (जिब्रो सफा गर्ने साधन) पाइन्छ, त्यसले पनि सफा गर्न सकिन्छ।

दशैंको समयमा हामीले धेरै मासु तथा अन्य खानेकुरा खान्छौँ। मासुको साह्रो भाग तथा हड्डी चपाउनु हुँदैन। यसले गर्दा दाँतमा असर पर्न सक्छ । कतिपय अवस्थामा दाँत भाँचिने, घाँटीमा अड्किन सक्छ। त्यसैले पनि ध्यान दिन आवश्यक छ।

त्यस्तै, दाँतको स्वास्थ्यका लागि कस्ता खानेकुरा खाने र के नखाने, त्यसमा पनि ध्यान दिनुपर्छ। दाँतलाई असर गर्ने खानेकुरा खाँदा क्याविटी बढ्न थाल्छ।

हामीले खाना र खाजा खाने समय बीचमा ४ देखि ५ घण्टा खाली हुन्छ। त्यो खाली समयमा एक-एक घण्टाको फरकमा खानेकुरा जस्तै जंक फुड, चिप्स, चक्लेट खाने बानीले दाँतमा किरा लाग्ने वा क्याविटी भएको भनिन्छ। यो हाम्रो मुखलाई आराम नहुँदा हुन्छ।

यसरी खानेकुरा खाँदा मुखमा रहेका ब्याक्टेरियाले एसिड निकाल्न थाल्दछ, जसको कारण किराले खान थाल्दछ।

खाना खाने र दाँत माझिसकेपछि मुखलाई केही आराम चाहिन्छ, तर खाएको आधा घण्टापछि पुनः खान थाले ब्याक्टेरियाको एसिए सक्रिय हुन्छ।

मुखभित्र ब्याक्टेरियाले काम गरिनै रहेको हुन्छ। लगातार काम गर्न थालेपछि दाँतको भित्रको क्याभिटी वा किराले खाने धेरै सम्भावना हुन्छ। यसका लागि राम्रो उपाय भनेकै दाँत राम्ररी माझ्ने, दाँत फ्लस गर्ने र पानीले मज्जाले कुल्ला गर्नु नै हो।

त्यस्तै, दाँतसम्बन्धी केही समस्या आए वा गिजामा घाउ हुने, दाँतमा केही अड्केको छ भने दाँत बेस्सरी माझ्नु हुँदैन।

दाँत माझ्न ‘अल्ट्रा सफ्ट तुथब्रस’ र ‘फ्लोराड’ भएको ब्रसले दाँत माझ्नुपर्ने हुन्छ। यस्ता खाले ब्रस औषधि पसलहरुमा पाइन्छ।

दशैंमा चिकित्सक तथा अस्पतालमा जान नभ्याउने भएकाले आफ्नो मुखको स्वास्थ्यलाई यसरी सफा राख्नुपर्छ।

कहिलेकाहिँ दाँत कोट्याउँदा मानिसले कुच्चोको सिन्का वा तुथपिकले कोट्याउने गर्दछन्, जसले गर्दा उक्त सिन्का दाँतमै अड्किन सक्छ। त्यस्तो समयमा ‘डेन्टल फ्लक्स’ ले निकाल्न सकिन्छ भने दाँत माझेर पनि निकाल्न सकिन्छ।

दशैंमा हामीले खाने मिठाईहरुका कारण पनि दाँतमा समस्या आउन सक्छ। विशेषगरी ‘डेन्टल डिके’ कुहिन सक्छ। त्यसैले पनि मिठाई खाँदा दाँतमा अड्किने, मुखमा राख्नेवित्तिकै पग्लिने मिठाई कमै खानुपर्छ।

कस्तो असर हुन सक्छ

साह्रो चिज खाँदा दाँत टुक्रिने, भाँचिने गर्दछ । साथै यसले गालाको मासुमा कोतर्ने, गिजनमा घाउ हुन सक्छ।

एकदमै टाँसिने खानेकुरा खायो भने दाँतमा टाँसेरै बस्छ। झन् दाँत माझेन भने किराले खान थल्छ। पहिले नै किराले नखाएको भए किराले कान थाल्छ । किरा लागिसकेको दाँतमा झनै भित्रसम्म पस्न थाल्दछ।

बजारमा पाउने कार्बेनेटेड ड्रिङक्स, जस्तै, कोकाकोला, फ्यान्टा, स्प्राइटमा एसिड हुन्छ। यी पदार्थ सकेसम्म खानुहुँदैन। दसैंतिहरमा बिहानदेखि नै खाने बानी हुन्छ, जुन दाँतलाई मात्र नभई शरीरलाई पनि असर गर्न सक्छ।

प्रतिक्रिया दिनुहोस्

Array