सहकारी अभियानकर्ताको अभिव्यक्ति गैरजिम्मेबार, घरजग्गामा लगानी गर्न रोक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ भाद्र २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौं– सहकारी क्षेत्रका अभियानकर्ताहरुले सिङ्गो सहकारी अभियानलाई बचाउन समस्याको समाधान खोज्नुको सट्टा गैरजिम्मेबार अभिव्यक्ति दिएका छन् । सहकारीहरुमा तरलताको समस्या गहिरिदै गएपछि सहकारी अभियानकर्ताहरु बचतको ५ प्रतिशत भन्दा बढि रकम एकै चोटि फिर्ता नगर्नु लगायतका गैरजिम्मेबार अभिव्यक्ति दिएका हुन् । उनीहरुको अभिव्यक्तिप्रति सहकारी विभाग समेत रुष्ट बनेको छ । अहिले सहकारीहरूमा समस्या आएको तर, अभियानले समस्याको समाधानको उपाय खोज्नुको साटो उल्टो वक्तव्यबाजीमा लागेको भन्दै विभागले सो प्रति विभागको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । राष्ट्रिय सहकारी विभागले मंगलबार ११ बुँदे सहकारी निर्देशन जारी गर्दै उक्त कुरा बताएको हो ।
निर्देशनमार्फत विभागले मनलाग्दी कर्जा प्रवाह नगर्न, संस्थाको वित्तीय गतिविधि, लेखापरीक्षण चुस्त दुरुस्त राख्न, सदस्य केन्द्रित कारोबार मात्र गर्न सहकारी संघ संस्थाहरुलाई निर्देशन गरेको छ । अझ समस्या उन्मुख वा गैरजिम्मेबारसमेत विभागले भनेको छ ।
धेरै सहकारी संघ संस्थाहरुमा तरलताको अभावमा बचतकर्ताको बचत रकम समेत फिर्ता गर्न नसक्ने स्थितिमा पुगेको र सो विभागले सुस्त तरिकाले हेरिरहेको बताएको छ। अझ बढी यस्तो समस्या आउनुमा स्वयं संस्था, सञ्चालक तथा तिनका सदस्यहरु जिम्मेवार रहेको विभागले जानकारी दिएको छ । सहकारी संस्थाहरुले जोखिम नहेरी मनलाग्दी कर्जा प्रवाह गरेको, सञ्चालक आफैले मनमौजी तरिकाले सेवा सुविधा उपभोग गरेको तर, सदस्यहरुलाई संस्थाको गतिविधिका बारेमा कुनै मतलब नभएको नगरेको विभागले जनाएको छ ।

https://gorakshapost.com/2022/08/10/81909.html

राष्ट्रिय सहकारी विभागले मंगलबार ११ बुँदे सहकारी जारी गरेको निर्देशन

प्रतिक्रिया दिनुहोस्

Array