सिङ्गो सहकारी क्षेत्रमा देखिएको बेथितिको दोषी को ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ श्रावण २०७९, बुधबार
4 Min Read
Aa

राममाया बस्नेत

काठमाडौं- नेपालका सहकरी संस्थामा पछिल्लो समय समस्याका चाङ्ग नै चाङ्ग लागेको छ । केहि सहकारी संस्थाहरुले भने सूचना टासेर संस्था बन्ध रहेको घोषणा समते गरेका छन् केहि संस्थाका सञ्चालक भने बचत कर्ताको पैसा लिएर फरार भएका छन् । अझ कोभिड पछाडि आएको आर्थिक मन्दिका कारण सहकारी संस्थाका सञ्चालकहरु फरार हुने क्रम बढेको छ । सहकारी संस्थामा यस्तो समस्या आउनुमा सबै भन्दा बढि जिम्मेबार को त ? काठमाडौं स्थित जिवन्त बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक सञ्चालक रमेश थापा मगरका अनुसार सहकारी विभाग लगायत सहकारीको नियमन गर्ने संस्थाहरुले बेलै देखि नियमन गर्न नसक्नु र अन्तिम समयमा संस्था संकटग्रस्त भएपछि सदस्यहरुले उजुरी गरेपछि मात्र नियमनकारी निकाले थाहा पाउने भएकाले समस्या बढेको उनी बताउँछन् । ‘नियमन गर्न समस्या आएको सहकारी संस्थाहरुको संख्या धेरै भएर नी हुन सक्छ, बैंकहरुको राष्ट्रबैक र बीमा कम्पनीहरुको बीमा समितिले जस्तो सहकारी संस्था कसरी चलिरहेको छ नियम अनुसार चलेको छ छैन समय–समयमा नियमन गरेर नियम अनुसार चल्न आदेश दिने र सहकारी संकटग्रस्त हुनु अघि नै कावार्हि गरेर संस्थालाई सहि बाटो हिडाउने कार्य सहकारी क्षेत्रका नियमन निकायले गर्न सकेका छैनन्,’ उनले भने ।

पछिल्लो समयको निकै चर्चित काण्ड बनेको काठमाडौं कुलेश्वरस्थित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सहकारी बन्द रहेको सुचान टासेर सञ्चालक केहि समय फरार भए । बचत कर्ताले सहकारी विभागमा उजुरी दिए र आन्दोलन गरेपछि सञ्चालक आएर बचत र्फिता गर्ने बताएका छन् । एक हजार २०० बढीले करिब २ अर्ब रुपैयाँ बराबरको ठगी आरोपसहित मुद्दा दायर गरेको उपरजिष्ट्रार तथा गुनासो सुनुवाई अधिकारी खिमानन्द आचार्य बताए । पैसा ठगि गरे भनेर एका एक उठेको आन्दोलन सञ्चालकले ब्याज थोरै मिनाह गरेर र्फिता गर्छु भनेपछि बचतकर्ताहरु चुपचाप बसेका छन् ।

लिललितपुर स्थित देउराली बहुउद्देश्यीय सहकारी संस्थाले पनि कार्यलय बन्दको सूचना टाँसेको थियो । बचतकर्ताको ४ अर्ब फिर्ता गर्न बाकि रहेको बताईको छ ।

पछिल्लो समय काठमाडौंको मुख्य व्यापारिक थलो न्युरोडबाट मात्रै खुलेकामध्ये ३२ भन्दा बढि सहकारी सर्वसाधारणलाई ठगी गरेर भागेका छन् ।कालोधन र हुन्डीको कारोबार हुने मुख्य व्यापारिक थलो न्युरोडमा मात्रै ठूलो संख्याका सहकारीहरु भागिसकेका छन् । सहकारीहरुलाई नियमन गर्ने राज्यको चुस्त संयन्त्र नभएको मौका पारेर नै ठगि गरेका हुन् ।  न्यूरोडका व्यापारीले समयमा लगेको लोन नितिरेका कारण पनि सहकारी संस्थामा परेको सहकारीहरुले बताएका छन् ।

सहकारी विभागमा आर्थिक वर्ष २०७९/८० मा मात्र लिखित र मौखिक गरि ३ सय भन्दा बढि बढि उजुरी परेको छ । सहकारी विभागका अनुसार देशभर ३० हजार सहकारी छन् ।

सहकारीमा समस्या देखिने कारणहरु

  • सहकारी संस्थाको संख्या धेरै हुनु
    नियमित नियमन नहुनु
    गैरजिम्मेबार लेखापरिक्षक
    मनलाग्दी कर्जा परिचालन
    सञ्चालकहरु नै मिटरब्याजी कारोबारी हुनु
    बढि ब्याज दिएर रकम भित्र्याउने अनि नीजि घरघडेरीमा लगानी गर्ने
    ब्याजको लोभमा व्यक्तिको पैसा राख्ने तर संस्थाको अभिलेखमा नराख्ने
    सम्पत्तीशुद्धिकरण ऐनबाट चोखिन खोज्ने तर संस्थामा वित्तिय समस्या आएपछि भाग्ने
    संस्थालाई आवश्यक भन्दा बढि तडकभडक साथ चलाउनेलगायत सहकारी संस्थामा समस्या पर्नुका थुपै कारणहरु रहेका छन्

आर्थिक वर्ष २०७९र०८० को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसादर अधिकारीले बजेटले सहकारीको नियमन गर्न छुट्टै निकाय गठन गर्ने उल्लेख गरे। सहकारीको नियमन संघ, प्रदेश र स्थानीय तहले गर्ने भनिए पनि प्रभावकारी हुन सकेको छैन । दोस्रो तहको नियमन निकाय गठन गर्न २०६८ सालमा गठित एक कार्यदलले सुझाव दिएपनि सरकारले अझैसम्म कार्यान्वयन गरेको थिएन ।

राज्यले सहकारीलाई विकास तथा समृद्धिको एउटा प्रमुख पाटोका रूपमा लिएको भए तापनि विगत केही वर्षयता सहकारीका सफलताहरूले भन्दा पनि असफलताहरूले धेरै चर्चा पाएको देखिन्छ। यस प्रकारको असफलताबाट गलत गर्नेलाई कावार्हि गदै सहकारीहरूलाई जोगाएर सफलतातर्फ डो¥याउनुका विकल्प छैन । फेरि पनि गरिब र पूँजीबिहिनहरुको बैंक भनेकै सहकारी नै हुन् । विकास तथा समृद्धिको एउटा प्रमुख पाटोका रूपमा सहकारी आन्दोललाई अगाडि बढाउनका लागि समुदायमा आधारित सहकारी अवधारणा लगायत अन्य विकल्पमा जानु उपयुक्त हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

Array