काठमाडौंको बोसनदेखि चप्पादेवी डाँडासम्म केबलकार सहितको परियोजना बन्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ श्रावण २०७९, शुक्रबार
3 Min Read
Aa

राममाया बस्नेत
काठमाडौं– काठमाडौं दक्षिणकाली नगरपालिका चालनाखेल देखि चप्पादेवी डाँडासम्म केबलकार सहितको परियोजनाको निमार्ण कार्य भदौको अन्तिम देखि सुरु हुने भएको छ । उक्त परियोजना इको फ्रेन्डली कम्पनी प्रालीले दक्षिकाली नगरपालिका वडा नं. १ को चालनाखेल र बोसनमा केबलकार सञ्चालन गर्ने भएको हो ।
कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवालले केबुलकार सञ्चालनका लागि आवश्यक प्राविधिक काम सकिएको र अब निर्माण प्रक्रिया सुरु हुने बताएका छन् । उनका अनुसार ‘केबलकार परियोजना आगामी तीन वर्षभित्र निमार्ण कार्य पुरा भएर सञ्चालनमा आउनेछ,’ । २०७४ साल कात्तिक २८ गते सर्वोच्च अदालतको फैसलापछि प्राविधिक तथा कानुनी अवरोधको बाटो फुकेपछि आयोजना निमार्ण कार्यको लागि तयारी गरेको कम्पनीले जानकारी दिएको छ ।
दक्षिणकालि नगरपालिका वडा नं. १ का सचिव जयराम गिरीका अनुसार नेपाल सरकारबाट चम्पादेवी माताको मन्दिर रहेको डाडाँलगायत करिब २२ हेक्टर वन क्षेत्र अधिग्रहण गरिसकेको गोरक्षा पोष्टलाई जानकारी दिए । ‘धार्मिक तथा पर्यटककीय महत्व बोकेको चप्पादेवी डाँडामा केबलकार बनेपछि प्रचारप्रसार हुनुको साथै यस क्षेत्रको विकास हुन्छ,’ उनले भने ।

खहरे चोकदेखि कम्पनीको बेस स्टेसन चालनखेल बोसनसम्मको सडकको सर्भे, आवश्यक पार्किङ एरिया र रोपवेको सर्वे गरिसकेको पनि कम्पनीले जानकारी दिएको छ । साथै मन्दिर क्षेत्र, पहाड १ र २ मा सर्वेक्षणको काम सकिसकेको जानकारी दिइएको छ । केबलकार परियोजनाको डिजाइन अस्ट्रियाको कम्पनीले गरेको र केबलकार पनि युरोपबाट ल्याउने तयारी भैरहेको अग्रावालले जानकारी दिए ।
कम्पनीले चम्पादेवी मन्दिरको डिजाइन वरिष्ठ वास्तुकार शंकरनाथ रिमालले गरेको बताइएको छ । कम्पनीले केबलकार परियोजना निर्माण गर्न अनुमानित ५ देखि ६ अर्ब रुपैयाँ खर्च हुने अनुमानित योजना बनाएको छ । त्यसैगरी कम्पनीले मन्दिर वरिपरी नौ ग्रहको मन्दिर, हवनकुण्ड, यज्ञशाला, चन्द्र ( सुर्य भएको गेट, गणेश मन्दिर, शिव मन्दिर, बुद्ध स्तुपा र रेष्टुरेन्ट लगायतका विभिन्न संरचना बनाउने डिजाइन गरेको छ । कम्पनीले विदेशी लगानीकर्ता ल्याउने तयारी गरेको पनि जानकारी दिएको छ ।

सचिव गिरीका अनुसार ‘चप्पादेवी डाँडाबाट मौसम सफा भएको दिनमा पदयात्रीहरूले सगरमाथा अन्नपूर्ण, मनास्लु, गणेश र लाङटाङ लगायतका हिमालहरू हेर्न सकिन्छ।’, ‘त्यसैगरी चम्पादेवीबाट बागमती नदी, बगमती, खोकना, फर्पिङलगायत नेपालको ऐतिहासिक स्थलहरू पनि हेर्न सकिन्छ’। दायाँ फुलचोकी डाँडा, बायाँ तर्फ काठमाडौं उपत्यकाको अग्लो डाँडा चन्द्रगिरी देख्न सकिन्छ ।
चप्पादेवी डाँडाबाट करिब आधा घण्टाको पैदलयात्रापछि भष्मेश्वर डाँडा रहेको छ । त्यहाबाट उपत्यका पुरै देखुनुका साथै हिमश्रीङ्खला लगायतका पहाडका मालाहरु चटक्का मिलेका देखिन्छन् ।
कम्पनीले २०७६ बैशाख ६ गते दक्षिणकाली नगरपालिकाबाट निर्माण तथा सञ्चालन अनुमतिपत्र पाएको थियो । तर, लगातै कोभिड १९ ले गर्दा काम रोकिएको पनि कम्पनीले जानकारी दिएको छ । कम्पनीलाई आवश्यक पर्ने जग्गाका जग्गाधनीहरु नेपाल र नेपाल बाहिर विभिन्न देशमा भएका कारण निमार्ण कार्य लम्बिएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array