तेलको मूल्य घटेन, दोषी को ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ श्रावण २०७९, बुधबार
3 Min Read
Aa

काठमाडौं– भारतबाट २ पटक गरेर पेट्रोल डिजेलमा ३२ रुपैया भन्दा धेरै मूल्य घटेर आउदा समेत बिगत एक महिना देखि नेपाली बजारमा तेलको मूल्य घटेको छैन । सरकारले घोषणा गरेको अनुसारको कर समायोजन नगरिदिएकोले घाटा पुर्तिकोलागि मूल्य समायोजन नगरिएको आयल निगमले बताएको छ ।

पेट्रोलियम पदार्थको अत्याधिक मूल्य वृद्धि भएपछि असारको दोस्रो साता सत्ता गठबन्धनका मुख्य नेता सहित प्रधानमन्त्री, अर्थ मन्त्री, बाणिज्य मन्त्री, उर्जा मन्त्री, सचिवहरू लगायतको बैठक बस्यो । उक्त बैठकले राज्यले तेलमा उठाउदै आएको करको केहि हिस्सा अर्को निर्णय नहुदाँ सम्मलाई नउठाउने निर्णय गर्यो । तर आयल निगम भने सरकारले व्यावाहारत अहिले सम्म कर समायोजन नगरेको बताउछ | उक्त निर्णय पश्चात मन्त्रीले नै तेलको मूल्य घटेको घोषणा गरे । आयल निगमले मूल्य घटायो । तर अर्थमन्त्रालयले कर समायोजन नगरिदिदा आयल निगमलाई अर्वौको घाटा भएको आयल निगम बताउछ ।

अहिलेको हाम्रो सासकिय प्रणाली अनुसार मन्त्री परिषद प्रमुख कार्यकारी निकाय हो । प्रधानमन्त्री मन्त्री परिषदको सर्वे सर्वा हुन्छ । मन्त्री परिषदमा प्रधानमन्त्रीको बिपक्षमा जान पाइदैन। त्यसैले मन्त्रि जो भएपनि अर्थमन्त्रालय समेत प्रधानमन्त्री कै अंग हो ।

बाहिर जनतालाई कर समायोजन गरेको भनेर प्रधानमन्त्री सहितको बैठक र पछी मन्त्री परिषदले निर्णय गर्ने, अर्थमन्त्रालय निर्णय कार्यान्वयन नगर्ने । त्यहि निर्णय कार्यान्वयन भएन भनेर आयल निगम मूल्य समायोजन नगर्ने ।

आखिर किन यस्तो हुन्छ ?

अर्थ विषयका विज्ञका अनुसार नेपालमा व्यावाहारत पेट्रोलियम पदार्थमा कर घटाएर समायोजन गर्ने अवस्थामा छैन । तेल निर्यातमा देशको ठूलो धन राशि बाहिरिन्छ । साथै नेपाल सरकारको राजश्व संकलनको सवैभन्दा मूख्य श्रोत मध्य पेट्रोलियम पदार्थमा अशुलिने कर एक हो | देशको आर्थिक अवस्था अत्यन्तै दयनीय छ। साधारण खर्चको एक मुख्य श्रोत पेट्रोलियम पदार्थको कर घटाउन सम्भव छैन । पेट्रोलियम पदार्थको करको भार अन्य क्षेत्रमा स्थानान्तरण नगरी कर घटाउदा राज्यले साधारण खर्च जुटाउन सक्दैन ।

पेट्रोलियम पदार्थको मूल्य बढ्दा भान्सादेखि यातायात सम्म हरेक क्षेत्रमा प्रभाव परेको छ । मूल्य बृद्धिले आम नागरिक को ढाड सेकिएको छ ।

अब प्रश्न उठ्छ : कार्यान्वयन गर्न नसकिने निर्णय कागजमा गरेर सरकार किन जनता ढाटछ ?? मन्त्री परिषदको निर्णय मन्त्रालय कार्यान्वयन गर्दैन दोषी को ? पेट्रोलियम पदार्थमा अशुलिने करको दिर्घकालिन विकल्प किन खोजिदैन ?

प्रतिक्रिया दिनुहोस्

Array