रुसको मिसाइल आक्रमणबाट अन्न उद्योगीको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – रुसको मिसाइल आक्रमणबाट युक्रेनको माइकोलेभ सहरमा एक व्यापारी दम्पतीको मृत्यु भएको छ । गएराति मिसाइल प्रहार बाट ७४ वर्षीय ओलेक्सी भादाटुस्र्की र उनकी श्रीमती रायसाको मृत्यु भएको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले भादाटुस्र्की दम्पतीमाथि नियोजित आक्रमण भएको भन्दै निन्दा गरेका छन् । उनीहरुको निधनबाट युक्रेनलाई ठूलो क्षति पुगेको उनले बताएका छन् ।

‘हिरो अफ युक्रेन’को अवार्डसमेत पाएका भादाटुस्र्की अन्न निर्यातमा संलग्न एक कम्पनी निबुलोनका प्रमुख हुन् । फोर्ब्स म्यागेजिनका अनुसार सन् २०२० मा उनको सम्पती ४५० मिलियन डलर थियो । माइकोलेभ सहरका मेयर अलेकजेन्डर सेन्केभिचले यो सहरमा रुसले हालसम्मकै ठूलो बमबारी गरेको बताएका छन् । रुसको आक्रमणबाट माइकोलेभ सहरका होटल, खेलकुद परिसर, दुई विद्यालय, सेवा केन्द्र र घरहरुमा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array