आज नागरिकता विधेयक संसदमा निर्णयार्थ प्रस्तुत गरिँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ असार २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्नेछ । आजको बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफल जारी रहनेछ ।

यस्तै, सभामुख अग्निप्रसाद सापकोटाले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

- Advertisement -
Ad image

यसअघि सरकारले ल्याएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ फिर्ता लिएको थियो । उक्त विधेयक संसद र संसदीय समितिमा छलफल सकेर निर्णयार्थ प्रस्तुत गर्ने अवस्थामा रहेका बेला फिर्ता लिएको भन्दै सांसदहरुले आलोचना गरेका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: